मेलम्चीमा अनियमितता भएकाे भन्दै अख्तियारमा उजुरी



काठमाडौं : मेलम्ची खानेपानी आयोजनामा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। 

विवेकशील दलकी नेत्री रञ्जु दर्शनासहितको टोलीले मंगलबार अख्तियारमा उजुरी हालेको हो। दर्शनासहितको टोलीले मंगलबार अख्तियार केन्द्रीय कार्यालय टंगाल पुगी प्रवक्ता प्रदीकुमार कोइरालालाई उजुरी बुझाएको हो।

उजुरीमा मेलम्ची आयोजनामा भएको ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारबारे छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ। प्रवक्ता कोइरालाले उजुरी परेपछि त्यसबारे अनुसन्धान गर्नु अख्तियारको काम भएकाले मेलम्ची अयोजनामा भएको भ्रष्टाचार, अनियमिताबारे अनुसन्धान अघि बढाइने बताए।

प्रतिक्रिया दिनुहोस्