नेप्से कार्यालय घेर्न पुगेका एक दर्जन सेयर लगानीकर्ता प्रहरी नियन्त्रणमा



काठमाडौं : नेपाल एक्सचेन्ज लिमिटेड (नेप्से) कार्यालय घेराउ गर्न पुगेका सेयर लगानीकर्तामाथि प्रहरीले धरपकड गरेको छ। भद्रकालीस्थित कार्यालयमा पुगेर सेयर लगानीकर्ताहरुले दबाब समूह मंगलबार बिहान नारा लगाउँदै कार्यालय परिसर बाहिर धर्ना दिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

उनीहरु जबर्जस्ती कार्यालयभित्र छिर्न खोजेपछि प्रहरीले प्रवेशमा रोक लगाएपछि उनीहरु कार्यालय बाहिर धर्ना बस्न लागेका थिए। अर्थमन्त्री युवराज खतिवडाविरुद्ध नाराबाजी गरेका उनीहरुले प्रहरी हस्तक्षेपको पनि विरोध गरेका थिए। शान्तिपूर्ण विरोध गर्न पाउनुपर्ने भन्दै उनीहरुले चर्को नाराबाजी गरेका थिए। 

करिब एक दर्जन जति सेयर लगानीकर्ताहरुलाई प्रहरीले समातेर सिंहदरबार प्रहरी वृत्तमा लगेर राखेको छ। केही समययता सेयरबजार ओरालो लागेको र लगानीकर्ताले त्यसको सुधार हुनुपर्ने माग राख्दै चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका छन्। 

प्रतिक्रिया दिनुहोस्