प्रियंकाले कान्छीआमालाई भनिन्, ‘यो सम्बन्ध हाम्रो डीएनएमा छैन’



काठमाडाैं : नेपाली सिनेमा जगतकी नायिका प्रियंका कार्कीका दुई आमा छन्। यो कुरा कसैबाट लुक्न सकेको छैन। प्रियंका आफैँले पनि आफ्ना बुवा भुपेन्द्र कार्कीकी कान्छी श्रीमती अंगु कार्कीसँगका थुप्रै फोटो सामाजिक सञ्जालमा पोस्ट गर्छिन् ।

उनका पोस्ट हेर्दा लाग्छ कि प्रियंकाको सौतेनी आमासँगको सम्बन्ध निकै आत्मीय छ। प्रियंकाले सोमबार आफ्नो फेसबुक पेजमा अंगु कार्कीलाई जन्मदिनको शुभकामना दिएकी छिन्। उनले अंगुसँगका विभिन्न तस्बिर पोस्ट गर्दै उनलाई मायाका शब्दले जन्मदिनको शुभकामना दिएकी छिन् ।

उनले लेखेकी छिन्, ‘आजको दिन विशेषगरी तपाईँको दिन हो । तपाईँ एउटा यस्तो व्यक्ति हुनुहुन्छ जसले हाम्रो परिवारलाई सुन्दर बनायो । यस्तो परिवार जुन इच्छाले बनाइएको हो । हामीबिचको सम्बन्ध मायाले बाँधिएको छ । तपाईँलाई जन्मदिनको शुभकामना नुनु, मलाई हामीबिचको सम्बन्ध निकै मनपर्छ, यो हाम्रो डिएनएमा छैन तर मुटुमा छ ।’

प्रतिक्रिया दिनुहोस्