राेनाल्डाे घाइते भएपछि फेरि बराबरीमा राेकियाे पाेर्चुगल



एजेन्सी : सर्बियाले खेलको सातौं मिनेटमा डुसान टाडीचको गोलमार्फत अग्रता लिएको थियो। तर ४२ औं मिनेटमा ड्यानिलो परेराले झन्डै २५ यार्ड टाढाबाट सीधै गोल गर्दै खेल बराबरीमा ल्याए। यसअघि पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डोलाई चोटका कारण गुमाएको थियो।

रोनाल्डो खेलको ३१ औं मिनेटमा मैदान छाड्न बाध्य भएका थिए। बलतर्फ कुद्ने क्रममा रोनाल्डोको ह्यामस्ट्रीङमा समस्या आएपछि उनले मैदान छाडेका थिए। उनले शुक्रबार भएको युक्रेनविरुद्ध गोलरहित बराबरीमा पूरै ९० मिनेट खेलेका थिए। 

फिफा विश्वकपपछि अघिल्लो सातामात्र राष्ट्रिय टोलीमा फर्केका रोनाल्डो दोस्रो खेलमा नै चोट बोक्दै विश्राममा पुगेका छन्। ३४ वर्षीय युभेन्ट्स फरवार्डले अब कम्तीमा डेढ साता विश्राम गर्नुपर्ने प्रारम्भिक अनुमान गरिएको छ। उनी च्याम्पियन्स लिगमा आयाक्सविरुद्धको खेलका लागि उपलब्ध हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्