इच्छाकामनामा बेरोजगारको तथ्याङ्क सङ्कलन हुन सकेन



चितवन: सरकारले चैत्र १ गतेदेखि देशभरका स्थानिय तहहरुमा बेरोजगारहरुको तथ्याङ्क सङ्कलन शुरु गरेको छ । तर चितवन जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनामा अझै बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु हुन सकेको छैन । तथ्याङ्क सङ्कलन गर्ने कर्मचारीहरु गाउपालीकामा . उपस्थिति नभएकाकारण संकलन हुन नसकेको हो ।

गाउँपालिकाको रोजगार संयोजकमा नियुक्त भई आएका  अधिकृत तहका कर्मचारी पवन खरेल एक दिनमात्र हाजिर गरी बिदामा बसेका छन् ।  वडा वडामा फाराम र चिठी पुगे पनि विधि र प्रक्रियाबारे परामर्श दिने कर्मचारी नै नहुँदा वडाबाट बेरोजगारीको तथ्याङ्क सङ्कलन शुरु हुन नसकेको वडाध्यक्ष गोवद्र्धन अधिकारीले बताए ।

“वडामा फाराम र चिठी पुगेको छ तर यसको विधि र प्रक्रियाबारे हामी जानकार छैनौँ, म पटकपटक कार्यालयमा जाँदा सम्बन्धित कर्मचारी भेटिएको छैन”, उनले भने  । दैनिक दर्जनभन्दा बढी बेरोजगार गाउँपालिकामा फाराम भर्न आउने गरे पनि रोजगार संयोजक नहुँदा उनीहरु त्यतिकै फर्कने गरेको गाउँपालिकाका अन्य कर्मचारीले बताए । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले संयोजक खरेललाई तत्काल उपस्थित हुन निर्देशन दिइने बताईन् ।

 

प्रतिक्रिया दिनुहोस्