तनहुँमा विप्लवका तीन कार्यकर्तामाथि अनुसन्धान सुरु



तनहुँ: नेत्रविक्रम चन्द ’विप्लव’ समूहका तीन कार्यकर्तालाई तनहुँ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, ब्यास नगरपालिका छ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा रहेका छन्।

पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँको अध्यक्ष, कुमाल अखिल क्रान्तिकारी लमजुङ जिल्लाका अध्यक्ष र बुढा जुम्ला जिल्ला सदस्य हुन्। सुनार र कुमाललाई उनकै घरबाट र बुढालाई बन्दीपुर गाउँपालिका पाँच याम्पाबाट सोमबार राति पक्राउ गरिएको प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए।

पक्राउ परेका हरूलाई  मंगलबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराइ अनुसन्धान थालिएको छ। उनीहरूको साथबाट चन्दा रसिद बरामद गरिएको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्