मेक्सिको सीमामा पर्खाल बनाउन एक अर्ब डलर निकासा



एजेन्सी : अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न एक अर्ब डलर निकासा गरिदिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा आपतकालीन स्थितिको घोषणा गरी प्रतिरक्षा बजेटबाट सीमामा पर्खाल निर्माण गर्ने विवादास्पद निर्णय गरेका थिए । 

सीमामा पर्खाल लगाउन संसदबाट बजेट स्वीकृत भएको छैन भने आपतकालीन घोषणाप्रति पनि अमेरिकी कांग्रेसमा सहमति जुट्न सकेको छैन । 

विपक्षी डेमोक्याटिक पार्टीले राष्ट्रपतिले संवैधानिक प्रावधानलाई दुरुपयोग गरी विशेषाधिकार (भिटो) प्रयोग गरेको भन्दै अदालतमा उजूरी समेत दिएको छ । 

अमेरिकी गृह विभागले भने रक्षा मन्त्रालयलाई मेक्सिको सीमामा ९२ किलोमिटर पर्खाल निर्माण गर्न अनुरोध गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्