वाइडबडी विमान‘अन्नपूर्ण’ ट्याक्सी- वेमा  अड्कियो



काठमाडौं: नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी विमान ‘अन्नपूर्ण’ त्रिभुवन विमानस्थलमा ट्याक्सी-वेमा  एक घण्टा बढी अड्किएको छ ।

दिउँसो पार्किङबाट ह्याङ्गरमा लाने क्रममा तान्ने गाडी बिग्रिएपछि करिब एक घण्टा विमानस्थलको सेवा प्रभावित भएको विमानस्थल स्रोतले बतायो । हाल विमानलाई तानेर ह्यांगरमा लगिसकिएको छ । र, विमानस्थलको सेवा पनि सञ्चालनमा आइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्