नवलपरासीमा विप्लवका दुई नेता पक्राउ



नवलपरासी: नवलपरासीमा विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज सहित दुई जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

नेकपाका नवलपरासी इन्चार्ज गंगा ज्ञवाली ( सुमन ) र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका नेकपाका जिल्ला सदस्य मर्दनिया  कावासोती १५ शेरगञ्ज का हुन् । उनी सेन्टपोल बोडिङ्ग स्कुल गोछडाका शिक्षकसमेत हुन् ।

 

प्रतिक्रिया दिनुहोस्