राप्रपामा थपिए पदाधिकारी, कुन पदमा को ? (विज्ञप्तिसहित)



काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न पदाधिकारी मनोनयन गरेको छ । पार्टी अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम विभिन्न पदमा २५ जनालाई मनोनीत गरेका हुन् । 

जसअनुसार पार्टीका वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ र राजीव पराजुली मनोनीत भएका छन् भने महामन्त्रीमा राजेन्द्र लिङदेन र डा. धवलशम्शेर राणालाई जिम्मेवारी तोकिएको छ । त्यसै गरी उपाध्यक्षमा प्रेमबहादुर भण्डारी, टंक ढकाल, नरेन्द्रबहादुर चन्द, तोरणबहादुर गुरुङ, रोशन कार्की, भीमप्रसाद गौचन र महेशलाल महासेठ मनोनीत भएके पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

पार्टी प्रवक्ताको जिम्मेवारी तीन जनालाई तोकिएको छ । सुशील श्रेष्ठ, भुवन पाठक र नीलकण्ठ काफ्ले प्रवक्तामा मनोनीत भएका छन् । सह–महामन्त्रीमा ६ जना मनोनीत भएका छन् । चन्द्रबहादुर गुरुङ, कुन्ती शाही, दीपक बहादुर सिंह, भक्ति प्रसाद सिटौला, अर्जुन राई र भरत बहादुर रायमाझी सह–महामन्त्रीका लागि मनोनीत भएका हुन् । 

लीलादेवी श्रेष्ठ र मदन बहादुर कार्की सहायक महामन्त्री मनोनीत भएका छन् भने सहायक प्रवक्तामा रमानन्द न्यौपानेलाई जिम्मेवारी तोकिएको छ । दईन्द्र बहादुर ठकुरी केन्द्रीय सदस्य र प्रदीपकुमार उदय प्रदेश ५ को अध्यक्षमा मनोनीत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्