सरकारले देशलाई द्वन्द्वमा लान खोज्यो : नेता साउद



अछाम : नेपाली कांग्रेसका नेता एनपी साउदले दुई तिहाईको कम्युनिष्ट सरकारले विप्लव माओवादीलाई प्रतिबन्द लगाएर देशलाई द्वन्द्वमा लैजान खोजेको आरोप लगाएका छन्।

मंगलबार अछामको मेल्लेखमा भएको कांग्रेसको आमसभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री साउदले देश संघीयतामा गएपछि जती विकासले फड्को मार्नुपर्ने थियो त्यो हुन नसकेको बताएका छन्।

उनले भने, ‘जनताले जसरी कम्युनिष्टलाई विश्वास गरेर भोट दिएर जिताए, आज आएर पछुताइरहेका छन्।’ सरकारले जती विकास गर्लान भन्ने अपेक्षा थियो त्यो सबै सपनामा सीमित भएको उनको भनाई थियो। 

प्रतिक्रिया दिनुहोस्