ब्लड क्यान्सर पीडित मिनालाई आर्थिक सहयोग, थप उपचारका लागि भरतपुर लगियो



कैलाली : कैलालीको बर्दगोरीया गाउँपालिका–२ कुम्भीया गाउँकी ‘ब्लड क्यान्सर’ पीडित मिना बमलाई कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत बिएसडब्लू दोस्रो बर्षका बिद्यार्थिहरुले आर्थिक सहयोग गरेका छन् । 

ब्लड क्यान्सरबाट पिडित मिनाको आर्थिक स्थिती कमजोर भएको र ब्लड क्यान्सर भएको थाहा पाएपछि श्रीमानले छोडेको समाचार द नेपालटपमा प्रकाशित भएपछि विद्यार्थिहरुले मिनाको घरमै गएर १८ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

बिद्यार्थिहरुले क्याम्पसमा गरेको होली बिशेष कार्यक्रम र मिना बचाउ अभियान सञ्चालन गरी जम्मा भएको रकम मंगलबार मिनालाई हस्तान्तरण गरे ।  

बिभिन्न ठाउँबाट झण्डै एक लाख बराबरको रकम सहयोग आएपछि मंगलबार नै मिनालाई थप उपचारको लागी चितवन लगीएको छ । 

एक वर्षदेखि लगातार उपचार गरे पनि उनको स्वास्थ्यमा सुधार नभएपछि उनी घरमै थला परेकी थिईन । चिकित्सकका अनुसार बमको उपचार गर्न करिब १० लाख लाग्छ । 

उनकी आमाले सहयोगको अपिल गरेकी छन् । सहयोग गर्न चाहनेले एभरेस्ट बैकमा रहेको मिना बम की आमा शारदा देवी बम को खाता नं. ०६८००५०१२००५६० मा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्