घुस लिएको अभियोगमा वरिष्ठ पशु विकास अधिकृत पक्राउ



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको घाँसेबारी बीउबिजन प्रयोगशालामा कार्यरत वरिष्ठ पशु विकास अधिकृत डा रामगुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरीलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । उनीहरुलाई रु ४० हजार घुस लिएको अभियोगमा पक्राउ गरिएको हो ।

सम्पन्न भइसकेको कार्यको भुक्तानी आदेशबापत उनीहरुले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । आरोपी दुवैको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्