अनियमितता रोक्न सहकारीमा विद्युतीय प्रणाली सुरु



काठमाडौं : काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा अनियमितता गरेको उजुरी बढेपछि विद्युतीय प्रणाली सुरु गरिएको छ । 

सेवाग्राहीमा परेको समस्या समाधान र छिटो सेवा प्रदान गर्न विद्युतीय प्रणाली लागू गरिएको विभागले जनाएको छ । 

पछिल्लो समय धेरै सहकारी सञ्चालनमा रहेका र प्रत्येक स्थानमा गएर अवस्था बुझ्नुभन्दा अनलाइनको माध्यमबाट सहकारीको काम कारबाही हेर्न सकिने गरी व्यवस्था मिलाइएको महानगरको सहकारी विभागका प्रमुख नवराज ढकालले जानकारी दिए । 

काठमाडौँ महानगरपालिकामा हाल एक हजार ८५६ सहकारी छन् । 

 

प्रतिक्रिया दिनुहोस्