चन्द समूहप्रति कठोर बन्दै सरकार, एकै दिनमा १२ जना पक्राउ



काठमाडौंः नेत्रविक्रम चन्द समूहका गतिविधि माथि प्रतिवन्ध लगाएसँगै सरकार उक्त समूह प्रति कठोर बन्दै गएको छ। सरकारले फागुन २८ यता मात्रै उक्त समूहसँग आवद्ध ६४ जना नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको छ। 

मंगलबार मात्रै प्रहरीले आठ जिल्लाबाट १२ जना पक्राउ गरिसकेको छ। जसमा धेरैजसो जिल्लास्तरीय नेताहरु रहेका छन्। प्रहरीले मंगलबार मात्रै चितवनबाट २ जना, अछामबाट ४ जना, नवलपरासीबाट १ जना, संखुवासभाबाट १ जना, मकवानपुरबाट १ जना, इलामबाट १ जना, सुनसरीबाट १ जना र कास्कीबाट १ जनालाई पक्राउ गरेको छ।

चन्द समूहका नेता कार्यकर्ता विरुद्ध कठोर बन्दै गएको संकेत गृह मन्त्रालयले पनि देखाइरहेको छ। गृह मन्त्रालयले पछिल्लो दश दिनमा मात्रै चन्द समूहप्रति लक्षित दुईवटा प्रेस बिज्ञप्ती जारी गरीसकेको छ, भने समूहका केन्द्रिय नेताहरु पक्राउ गर्नका लागि प्रहरीलाई कडा निर्देशन दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्