मन्त्रीले आफ्नै निर्वाचन क्षेत्रमा पठाए पुराना गाडी



काठमाडौं : सिंहदरबारस्थित विभिन्न मन्त्रालय परिसरमा वर्षौंदेखि बेवारिसे थन्किएका गाडी र मोटरसाइकल प्रभावशाली नेताहरुले आ–आफ्ना क्षेत्रमा बाँडेका छन्।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डित र कांग्रेस नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै १५–१५ वटा गाडी पुर्‍याएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

महँगा गाडी मन्त्रालय परिसरमै थन्किन थालेपछि केही महिनाअघि प्रधानमन्त्री कार्यालयले तिनको व्यवस्थापन गर्न निर्देशन दिएको थियो। त्यसलगत्तै कार्यालयका प्रवक्ता विनोद कुँवरको संयोजकत्वमा बेवारिसे गाडी व्यवस्थापन गर्न समिति बनाइएको थियो।

 

प्रतिक्रिया दिनुहोस्