एकताले मात्र काङ्ग्रेसको जीत सम्भवः महामन्त्री कोइराला



दाङः नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको एकता र जनतासँंगको सुमधुर सम्बन्धले मात्र काङ्ग्रेसको जीत सम्भव हुने बताएका छन्। 

घोराही उपमहानगरपालिका–१९ को सैँघास्थित आज लाकुरीडाँडामा सशस्त्र द्वन्द्वका क्रममा मारिएका काङ्ग्रेस नेता स्वर्गीय लालबहादुर घर्ती र माधव रावतको शालीक अनावरण तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रमा उनले सो कुरा बताएका हुन्। 

त्यसका लागि गाउँका काङ्ग्रेसलाई एक हुनसमेत महामन्त्री कोइरालाले आग्रह गरे। उहाँले गाँउ गाँउबाट काङ्ग्रेस एक छ र हुनुपर्छ भन्ने सन्देश कार्यकर्ताले केन्द्रसम्म दिनपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्