कांग्रेस अनुशासन समितिको निर्देशनः पार्टीविरुद्ध बोले कारबाही



काठमाडौंः कांग्रेस केन्द्रीय अनुशासन समितिले नेताहरूलाई जथाभावी लेख्न, बोल्न र आरोप–प्रत्यारोपमा नलाग्न निर्देशन दिएको छ । समिति गठनपछि मंगलबार बसेको पहिलो बैठकले कार्यविधि पारित गर्दै सार्वजनिक मञ्चमा जथाभावी नबोल्न र सामाजिक सञ्जालमा नलेख्न सचेत गराएको हो ।

 समितिले कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हितविपरीतका गतिविधि लिखित रूपमा गरेमा, अभिव्यक्तिद्वारा वा सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा प्रकट गरेमा कारबाही गर्ने निर्णय गरेको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्