नेकपाका शीर्ष नेता जनकपुर अाउँदै, प्रदेश कार्यालय उद्घाटन गर्ने



जनकपुरधाम : नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित केन्द्रीय नेताहरु जनकपुर आउँदै छन् ।

आज दिउँसो १ बजे हुने भनिएको पार्टी प्रदेश २ कार्यालय उद्घाटन तथा चियापान समारोहलाई सम्बोधन गर्न नेताहरु जनकपुर आउन लागेका हुन् । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको नेकपा नेता तथा प्रदेशसभा सदश्य रामचन्द्र मण्डलले जानकारी दिएका छन् ।

 

अध्यक्ष दाहालसँगै पार्टी कार्यालय उद्घाटनका लागि नेकपाका महासचिव विष्णु पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलगायत नेता जनकपुर आउने भएका हुन् । 

 

नेता मण्डलका अनुसार पूर्वनेकपा एमाले र पूर्वनेकपा माओवादीका सबै कमिटी एकीकरण गर्न प्रदेश २ का आठै जिल्लामा चार जनाका दरले कार्य दलसमेत गठन गरिएको जानकारी दिए । 

 

कार्यदलले जिल्लामा रहेका अलग अलग पार्टी कार्यालयलाई एकीकृत गर्ने र अर्काे व्यवस्थापन नहुन्जेल कार्यलय नियमित सञ्चालन गर्ने, दुवै पार्टीको नाममा वा स्वामित्वमा रहेका सम्पत्ति एकीकृत गर्ने, दुवै पार्टीको सदस्यता वितरण र अभिलेखहरुलाई अध्यावधिक गरी प्रदेश कार्यालय पठाउनेबारे समेत कार्य हुने नेता मण्डलले स्पस्ट पारे । 

 

प्रतिक्रिया दिनुहोस्