मेसीबिनाकाे अर्जेन्टिनाकाे कठिन जित



एजेन्सी : स्टार फरवार्ड लियोनेल मेसीलाई आराम दिएको खेलमा अर्जेन्टिना विजयी भएको छ।

मेसीविना मोरक्कोविरुद्ध मैदान उत्रिएको अर्जेन्टिनाले १-० ले नतिजा आफ्नो पक्षमा पार्‍यो। मंगलबार राति भएको खेलमा मोरोक्कोलाई उसकै घरेलु मैदानमा हराउने अर्जेन्टिनाका  एन्जल कोरेराले खेलको अन्तिम समयतिर गरेको गोल नै निर्णायक बन्यो।

प्रतिस्पर्धात्मक खेलको ८३औं मिनेटमा वैकल्पिक खेलाडीले कोरेराले गरेको एक मात्र गोल अर्जेन्टिनाको जितमा पर्याप्त बन्यो। कोरेरा खेलको ६२औं मिनेटमा रोड्रिगो डि पउलको स्थानमा मैदान छिरेका थिए। विश्वकपपछि राष्ट्रिय टोलीमा फर्किए पनि मेसी पहिलो मैत्रिपूर्ण खेलमा भेनेजुएलालाई पराजित गर्न असफल रहेका थिए। उक्त खेलमा अर्जेन्टिना ३–१ ले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्