१५५ देशसँग व्यापार घाटा बेहोर्दै नेपाल



काठमाडाैंः बढ्दो आयात तर निर्यातस्थित रहँदा चालू आर्थिक वर्षको सात महिनामा १ सय ५५ मुलुकसँगको व्यापारमा नेपाललाई घाटा छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार नेपालले एक सय ८४ मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको छ । जसमा २९ वटा मुलुकसँगको व्यापार नाफामा रहेको छ भने १ सय ५५ वटा मुलुकसँग व्यापारमा भने घाटा छ ।

केन्द्रका अनुसार सबैभन्दा बढी आयात र निर्यात छिमेकी मुलुक भारतसँग हुने गरेको छ । भने दोस्रोमा उत्तरी छिमेकी चीन रहेको छ । २९ वटा मुलुकमध्ये अमेरिका, अष्ट्रिय, स्लोभाकिया, अफगानिस्तानलगायतका मुलुक नाफामा रहेको केन्द्रको तथ्यांक छ । यो समाचार कारोबार दैनिकमा लेखेकाे छ ।

प्रतिक्रिया दिनुहोस्