तीन सन्तानकी आमा बनिन् सनी लियोनी



एजेन्सी : सनी लियोनीे आफ्नो पति र तीन बच्चासँग लन्च डेटमा गएको फोटो यतिवेला सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भाइरल बनेको छ। एक छोरालाई उनले काखमा बोकेकी र छोरी निशालाई उनका पति डेनियल वेबरले हात समाएको फोटो देख्न सकिन्छ। तेस्रो बच्चालाई भने धाईआमाले बोकेकी छन्।

छोरालाई बोकेकी सनी लियोनीको यो फोटो उनका फ्यानहरुले निकै मन पराएका छन्। 

सन् २०१७ मा छोरी निशालाई उनले कोख लिएकी थिइन्। त्यसपछि फेरि उनी २०१८ मा दोस्रो सन्तानको आमा बनेकी हुन्। छोराको नाम ‘अशर’ र छोरीको ‘नोहासिंह वेबर’ छ। आमा बन्न पाउँदा धेरै खुसी लागेको बताएकी उनले आफ्ना सन्तानको राम्रोसँग हेरविचार गरेरहेको बताएकी छन्। भन्छिन्, ‘९ महिनासम्म उनीहरुका आमाले आफ्नो कोखमा राखे। योचाहिँ हाम्रो भाग्यको कुरा हो कि उनीहरुका आमाले सुरक्षित ठाउँमा राखे। अब हामीसँग छन्, हामी धेरै खुसी छौं। जब उनीहरु समझदार हुन्छन् तब हामी उनीहरुलाई सबै कुरा भन्नेछौं।’ 

उनी आफ्नो जीवनमा मात्र नभई आफ्नो काममा पनि ध्यान दिइरहेकी छन्। उनी अब छिट्टै दक्षिण भारतीय फिल्म ‘वीरमादेवी’मा आउँदै छिन्। जसमा उनी एक योद्धाको भूमिकामा देखिँदै छिन्। 

 

प्रतिक्रिया दिनुहोस्