साझा यातायातकाे विद्युतीय गाडी काठमाडाैं ल्याइयाे, अाजै उद्घाटन हुने



काठमाडाैं : साझा यातायातले ५ वटा विद्युतीय गाडी प्रयाेगमा ल्याएकाे छ। चिनियाँ कम्पनी बीवाईडीले निर्माण गरेको उक्त गाडी मंगलबार नै प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रमसमेत तय गरिएकाे छ । 

 

साझा यातायातले केही समयअघि विद्युतीय गाडी गुडाउने घोषणा गरेको थियो। घाेषणा गरेअनुसार ५ मध्ये २ वटा बस काठमाडौं ल्याइसकिएकाे छ भने एउटा ल्याइँदै छ । त्यस्तै बाँकी दुई वटा पनि आउने प्रक्रियामै छन्।

 

यी बसलाई लुम्बिनी क्षेत्रमा गुडाइनेछ। साझाको व्यवश्थापनमा रहने बस खरिदका लागि एडिबीले सहयोग गरेको हो। चालकसहित २० सिट क्षमताका ती गाडीमा सीसी क्यामरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगरलगायत सुविधा छन्।

 

गाडीको विस्तृत जानकारी उद्घाटन भएपछि मात्र दिइने साझा यातायातका निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले बताए। साझासँगै सुन्दर यातायात, मयुर यातायातले पनि विद्युतीय गाडी ल्याउने घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्