म्याग्दीमा पर्यटन महोत्सव हुने



म्याग्दी : म्याग्दीमा प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव २०७५ हुने भएको छ।

जिल्लामा पहिलो पटक स्थापना भएको रेडियो म्याग्दी १०४.४ मेघाहर्जको ११ औं वार्षिक उत्सवको अवसरमा रेडियोको आयोजनामा चैत २१ गतेदेखि २०७६ नयाँ वर्षको दिनसम्म प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव २०७५ सञ्चालन हुने मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।

‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको मूल संयोजक तथा रेडियो म्याग्दीका संस्थापक अध्यक्ष चिरञ्जीवि शर्माले जानकारी दिए।

उनका अनुसार १० दिनसम्म संचालन हुने महोत्सवमा खुला लोकदोहोरी प्रतियोगिता, खुला एकल नृत्य प्रतियोगिता र विभिन्न समुदायको झाँक्री प्रदर्शनलगायत व्यापारिक प्रदर्शनी हुने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्