निषेधाज्ञाको अवस्थामा घरबाहिर ननिस्कन अपील



काठमाडौंः काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निषेधाज्ञाको अवस्थामा घरबाहिर ननिस्कन सर्वसाधारणलाई अपील गरेका छन् ।

सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत एक हप्ताका लागि निषेधाज्ञा जारी गरेकाले त्यसलाई पूर्ण पालना गर्न महानगरपालिकाका प्रमुख शक्यले अपील गरेका हुन् ।

उनले अत्यावश्यक कामका लागि घर बाहिर आउन परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र निष्कन समेत आग्रह गरे । त्यस्तै (कोभिड-१९) को संक्रमण जीवित रहेको अवस्थामा कोही पनि व्यक्ति काठमाडौंबाट बाहिर नगइ दिन र कोही पनि काठमाडौं नआइदिनसमेत अनुरोध गरेका छन् ।

पीसीआर परीक्षण गर्न स्वाब संकलन गरेपछि पनि बजारमा घुम्ने प्रवृति भएको र कतिपयले गलत सूचना दिएकाले कन्ट्याक ट्रेसिङमा समस्या हुने गरेको उनले बताए । कोही पनि व्यक्तिको कोरोनाका कारण मृत्यु नहुने र सरकारले मृत्यु हुन नदिने समेत प्रमुख शाक्यले प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशितः ४ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्