सप्तरीमा फेरि बालिका बलात्कृत



राजविराज : सप्तरीमा १४ वर्षीया बालिका बलात्कारको सिकार भएकी छन्।

 

खडक नगरपालिका–९ लालपट्टिकी १४ वर्षीया बालिकालाई छिमेकी ३५ वर्षीय दिलीप कुमार दासले बलात्कार गरेको प्रहरीले जनाएको छ। दासले सोमबार दिउँसो बालिकालाई जबरजस्ती आफ्नै घरमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। उनलाई सोमबारै पक्राउ गरिएको छ। 

 

बालिकाको स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको डीएसपी भावेश रिमालले जानकारी दिए ।

 

यसअघि पनि गत असोज २६ गते डाक्नेश्वरी नगरपालिका–२, पातोकी १४ वर्षीया बालिका छिमेकी युवाबाट तथा खडक नगरपालिका ८ की ७० वर्षीया वृद्धा पनि बलात्कारकोे सिकार भएका थिए।

प्रतिक्रिया दिनुहोस्