गाई तस्करीकाे आरोपमा जनकपुरबाट ३ जना पक्राउ



जनकपुर : गाई तस्करीमा संलग्न भएको आरोपमा धनुषा नगराइन नगरपालिका ७ बाट प्रहरीले ३ जनालाई पक्रेको छ।  नेपालबाट भारततर्फ गाई लैजाँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरी बुधबार बिहान समातेको हो। 

पक्राउ पर्नेहरुमा जनकपुर उपमहानगर २५ का २४ बर्से अख्तर नदाफ, सोही स्थानका १८ बर्से अली र ११ बर्से सफिर साह छन्। २ वटा गाई र गाईको २ वटा बाच्छा नेपालबाट भारत लैजाँदै गरेको अवस्थामा उनीहरु फेला परेका थिए।

प्रदेश २ प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी डेबडिया, धनुषाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। साथै सोही टोलीले जनकपुर उपमहानगर ८ खिरखिरिया टोलबाट अवैध रुपमा भारततर्फ लैजान राखिएका १० वटा गाईहरु समेत बरामद गरेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। प्रदेश २ प्रहरीले जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्