आज फेरि घट्यो सुनको मुल्य, तोलाको कति छ ?



काठमाडौंः आज बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज सुनको मल्य तोलामा रु १०० रुपैंयाँले घटेको हो । मंगलबार तोलाको ६० हजार ५०० मा कारोबार भएको सुनको मुल्य आज घटेर ६० हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, तेजावी सुन तोलामा ६० हजार १०० मा कारोबार भइरहेको छ। चाँदी भने तोलामा रु ७४० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्