अजय, अक्षय र सलमान भिड्दै, आलियालाई भ्याइनभ्याइ



एजेन्सी : सन् २०२० मा बलिउडमा केही ठूला ब्यानरका फिल्म जुध्दै छन्। आगमी वर्ष बक्स अफिसमा अक्षय कुमार अभिनित ‘सूर्यवंशी’ र सञ्जयलीला भन्सालीको ‘इन्साहअल्लाह’ र एसएस राजामौली निर्देशित ‘आरआरआर’ आपसमा भिड्दै छन्।

‘आरआरआर’ बाहुबलीपछिको बहुप्रतीक्षित फिल्म मानिएको छ। जसमा अजय देवगणका अलावा रामचरण, एनटीआर जुनियर, आलिया भट्टको अभिनय देख्न पाइनेछ।  यसैगरी ‘इन्साहअल्लाह’मा सलमान र आलिया देखापर्ने छन्। 

त्यस्तै सन् २०२० मा अजय देवगण अभिनीत अर्को फिल्म ‘तानाजी : द अनसंग वारियर’ पनि प्रदर्शनमा आउने भएको छ। यस फिल्मसँग दीपिकाका पादुकोण अभिनीत छपाकले प्रतिस्पर्धा गर्ने तय भएको छ। मराठ साम्राज्यको १७ औं शताब्दीका महाराष्ट्र मराठा सैनिक तानाजी मालुसरेका जीवनीमा आधारित फिल्म हो ‘तानाजी’।

रोहित शेट्टी निर्देशित तथा अक्षयकुमारद्वारा अभिनीत ‘सूर्यवंशी’ २०२० मेमा आउने छ। त्यस्तै सञ्जय लीला भन्सालीले निर्देशन गर्ने भनिएको ‘इन्साहअल्लाह’ र राजामौलीको ‘आरआरआर’ दुवैमा आलिया देखिँदै छिन्। 

प्रतिक्रिया दिनुहोस्