विप्लव नेतृत्वको नेकपाका भोजपुरा प्रदेश प्रमुख पक्राउ



वीरगन्ज : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका भोजपुरा प्रदेश प्रमुखलाई पर्सा प्रहरीले पक्राउ गरेको २ दिनपछि सार्वजनिक गरेको छ । 

प्रहरीले भोजपुरा इन्चार्ज वीरगन्ज–१९ का ५५ वर्षीय विगाप्रसाद चौरसियालाई बुधबार सार्वजनिक गरेको हो । 

चौरसियालाई उनकै गाउँबाट सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी अनन्तराम शर्माले बताए । 

विभिन्न संघसंस्था तथा सर्वसाधारणसँग चन्दा मागेर डर त्रास देखाउँदै हिँडेको आरोपमा चौरसियालाई पक्राउ गरिएको डिएसपी शर्माले बताए ।

प्रहरीले चौरसिया विरुद्ध मुद्दा दर्ता गरी आवश्यक कारबाहीको प्रक्रिया अगाडी बढाएको छ । 

प्रतिक्रिया दिनुहोस्