पुजारी हत्या घटनाको श्री रामानन्दीय वैष्णव संघद्धारा भत्सर्ना



जनकपुरधामः रौतहटको माधवनारायण नगरपालिका-२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारीको गोली हानेर हत्या गरिएको घटनाप्रति श्री रामानन्दीय वैष्णव संघले घोर भत्र्सना गरेको छ ।

मन्दिरका ६५ वर्षीय महन्थ श्रीराम साहको गोलि हानी हत्या गरिएको घटना निन्दनीय र अमानवीय रहेको श्री रामानन्दीय वैष्णव संघका अध्यक्ष समेत रहेका जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले बताएका छन् ।

घटना प्रती आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै श्री रामानन्दीय वैष्णव संघका अध्यक्ष समेत रहेका जानकी मन्दिरका सहायक महन्थ दासले यस देशमा अब साधु सन्त समेत सुरक्षित तरिकाले बस्न नसक्नु दुर्भाग्यपुर्ण रहेको बताए । उनले यस्ता अमानवीय घटनाको निन्दा गर्दै हत्यामा संलग्न अपराधीलाई यथाशिघ्र खोजी गरि कानुनी दायरामा ल्याएर कडा कारवाही गर्न प्रहरी प्रशासनसँग जोडदार माग गरेका छन् ।

हिन्दुको आस्था माथी निरन्तर आँच आउने हत्या हिंसा र आक्रमणको घटना बढनुले नेपालको फितलो सुरक्षा ब्यबस्थालाई प्रदर्शित गरेको र अब साधु समाज पनि यस देशमा सुरक्षित नरहेको महन्थ दासले जिकिर गरेका छन् ।

मन्दिर अगाडि बुधबार राती करिव ९ बजे खाना खाने तयारी गरिरहेका बेला पुजारी साहलाई अज्ञात समुहले कञ्चटमा गोली हानि हत्या गरेका थिए ।

प्रकाशितः ५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्