नक्कली निरीक्षक पक्राउ



जनकपुरधाम : जारी एसइईको तेस्रो दिन बुधबार गणित विषयको परीक्षाका दिन जनकपुरधामबाट नक्कली निरीक्षकको आरोपमा एक युवक पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका २३ बसहिया स्थित गोपाल प्रसाद माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट प्रहरीले १८ वर्षीय गुरुशरण दासलाई पक्राउ गरेको हो ।

दास नक्कली परिचयपत्र बनाएर पहिलो दिनदेखि नै केन्द्रको विभिन्न परीक्षा हलमा घुमिरहेका थिए । परीक्षामा खटिएका तथा विद्यालय कर्मचारी भन्दा नयाँ देखिएपछि शङ्का लागेर छानबिन गर्दा नक्कली पाइएपछि प्रहरीले पक्राउ गरेको केन्द्राध्यक्ष महावीर दासले बताए । 

पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्