कोरोना कहरबाट बचाउँन वीरगन्जका युवाद्वारा डिजिटल सत्याग्रह



पर्साः वीरगन्जमा तोडफोड र सडक अवरुद्ध गरेर आन्दोलन हुनेलाई चिर्दै युवाहरु डिजिटल आन्दोलन तर्फ सक्रृय भएका छन् ।

सधै भरी बन्द हडतालको मुख्य केन्द्रविन्दु रहेको वीरगन्जमा अहिले कोरोना कहरले दिनप्रतिदिन उपचार नपाएर समान्य खालका विरामी समेत मृत्युवरण गरिरहेका छन् ।

समुदाय स्तरमै फैलिएको कोरोना महामारी नियन्त्रण गर्न युवाहरु स्वास्थ्यमन्त्रीलाई प्रत्येकदिन जसो एस.एम.एस गरेर डिजिटल सत्याग्रह सुरु गरिएको युवा समाजसेवी ओम प्रकाश सर्राफ बताउँछन् ।

वीरगन्जका सकृय युवा नेता समेत रहेका समाजिक अभियन्ता सर्राफको पहलमा जारी पृथक आन्दोलनले वीरगन्जको युवाहरु प्रति थप सकारात्मक सन्देश जाने बिस्लेसकहरु बताउँछ्न ।

विगत २ सातादेखी स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई प्रत्येक दिन सन्दर्भ अनुसार स्वास्थ्यमन्त्री ज्यूलाई वीरगन्ज बचाउँन आश्यक कदम चाल्न घच घचाई रहेको सर्राफले बताए ।
गत साउन २० गतेदेखी निरन्तर डिजिटल सत्याग्राह सुरु गरेकोमा अहिलेसम्म पर्सा, बारा, रौतहट लगायतका युवाहरु समेत आ-आफ्नो जिल्लाको स्वास्थ्य बेथितिबारे डिजिटल सत्याग्राह मार्फत आन्दोलन गरिरहेको उनले बताए ।

कोरोना संक्रमणले दिनप्रतिदिन थलो पर्दै गएको वीरगन्जमा आज निषेधाज्ञा जारी भएको २६ दिन वितिशक्दा पनी केन्द्रबाट आउँने स्वास्थ्य टोलिबाट स्तरीय उपचार र उपचार नगरेर विरामी मृत्यु भएको बारे निजी अस्पताललाई कार्वाही गर्न समेत ढिलाई भएका कुराहरु समाबेश गरेर आन्दोलन छेडेको उनको भनाई छ ।

संघीय सरकारका स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई ९८५११५२७७७ नम्बरमा धेरै भन्दा धेरै एस.एम.एस गरौं, धेरै भन्दा धेरै सेयर गरौं, सरकारको आँखा खोलौं । भन्दै सुरु गरिएको अभियानले हालसम्म दबाब श्रृजना गर्न सकेको उनले बताए ।

पर्सा जिल्लामा मात्र कोरोना संक्रमितको संख्या १ हजार ७ सय पुगेको छ । मृतकको संख्या पनि ३३ पुगेको छ । साउन यता पर्साका मात्र २५ जनाले ज्यान गुमाई सकेका छन । कतिपयले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन भने, कतिपय उपचार नपाएर अकालमै ज्यान गुमाएका छन् ।

प्रकाशितः ५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्