सूचनाको हकसम्बन्धि कानुन कार्यान्वयन गराउन ५ हजार ७३ आदेश



काठमाडौं : सभामुख कृष्णबहादुर महराले सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘सूचनाको हकको राष्ट्रिय सम्मेलन’लाई सम्बोधन गर्दै उनले  सूचनाको हकसम्बन्धि कानुन परिमार्जन गर्न सरकार र सम्बन्धित निकायलाई सचेत गराए । 

उनले संस्थाहरू पारदर्शी नहुँदासम्म सूचनाको हकसम्बन्धि ऐन कार्यान्वयनको कामलाई विशेष ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । 

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले आयोगले सूचनाको हक सबै नागरिकले पाउनुपर्ने मान्यताका आधारमा सबै मन्त्रालय, विभाग, आयोगलगायतका संवैधानिक निकायमा सूचना अधिकारी तोक्ने व्यवस्था गरिएको स्पष्ट पारे  । 

राष्ट्रिय सूचना आयोगले विगत ४ वर्ष यता सूचनाको हक सम्बन्धि कानुन कार्यान्वयन गराउन ५ हजार ७३ वटा आदेश जारी गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्