भीरबाट लडेर एक जनाको मृत्यु



सिन्धुली : सिन्धुलीको सुनकोसी गाउँपालिकामा १ जनाको लडेर मृत्यु भएको छ। सुनकोसी गाउँपालिका ५ किराखोरका ६५ वर्षीय रामबहादुर तामाङको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार खेतबारीको काम गर्न जाने क्रममा उनको लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपी उनको शव फेलापरेपछि स्थानीयले भीरबाट लडेर मृत्यु भएको जनाएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्