हस्तकलाको संरक्षण र संवर्द्धन गर्नुको विकल्प छैन : उपराष्ट्रपति पुन



काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली हस्तकलाको संरक्षण, संवर्द्धन र विकासमा विशेष जोडदिनुपर्ने बताएका छन् । बुधबार ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजित ‘कला तथा संस्कृति महोत्सव’को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपालको निर्यात व्यापारमा समेत ठूलो योगदान दिँदै आएको हस्तकलाको संरक्षण र संवर्द्धन गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे । 

उपराट्रपति पुनले नेपालको चिनारीको रूपमा रहेको कला र संस्कृतिको विकासमा सबैले उत्तिकै चासो दिनुपर्ने आवश्यक्ता औंल्याउदै सरकारले यसको संरक्षणमा विशेष जोडदिनुपर्ने बताए  । उनले  नेपाली कला र संस्कृति संकटमा पर्दै गएको उल्लेख गर्दै त्यसको संरक्षणमा लाग्न पनि सबैलाई आह्वान गरे । 

५ दिनसम्म चल्ने महोत्सवमा ललितपुरको कला, संस्कृति झल्कने विभिन्न हस्तकलाका सामग्रीहरू राखिएका छन् । विश्व कला परिषद्ले ललितपुरको पाटन दरबार क्षेत्रलाई ‘कला नगरी’ को रूपमा घोषणा गरेको स्मरणमा हरेक वर्ष पाटन दरबार क्षेत्रमा कला तथा संस्कृति महोत्सव हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्