शशाङ्क कोइराला भन्छन् : सभापतिले सकेनन्, अब म पार्टी चलाउँछु



दाङ : नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफूले पार्टी सुधारका लागि निकै मेहनत गरिरहेको बताएका छन् । दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको बारेमा धेरै टीकाटिप्पणी आइरहेको तर्फ आफ्नो ध्यानाकर्षण भएको बताए । 

सभापति देउवाले सबैलाई मिलाएर लैजान नसकेकोले अब पार्टीलाई एक ढिक्का बनाउने जिम्मेवारी आफ्नो काँधमा आएको बताए । उनले पार्टीमा सबैलाई एकताबद्ध गरी बलियो पार्टी बनाउन आफूले मुख्य भूमिका निर्वाह गरिरहेको  जिकिर गरे । 

“महामन्त्रीको हैसियतले मैले पार्टीलाई एकताबद्ध बनाउने प्रयास गरिरहेको छु र सबैलाई मिलाएर लैजान्छु”, उनले भने, “पार्टीमा केही समस्या छ, अलमल छ अब त्यसलाई संस्थागत रूपमा सफल पार्नुपर्छ ।” 

उनले  अब आउने चुनावमा पार्टी एक ढिक्का भएर जनतामाझ जाने बताउँदै जनतामा जागेको आशा सरकारको कार्यशैलीका कारण निराशामा परिणत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्