गर्मी बढेसंगै सरुवा रोगका बिरामी बढे



काठमाडौं : गर्मी बढेसंगै केहि दिन यतादेखि उपत्यकाका अस्पतालमा सरुवा रोगका बिरामी बढेका छन । झाडापखला, टाइफाइड, मलेरिया, निमोनिया, जण्डिस, हेपाटाइटिस ए र ई, आउँ जस्ता रोगका बिरामी बढेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए ।

गर्मी मौसममा लाग्ने अधिकांश रोग खानपिन र सरसफाईसँग सम्बिन्धीत हुने उनले बताए । डा. पुनले गर्मी मौसममा यी रोगबाट बच्न शुद्ध पानी पिउने, बासी सडेगलेका खानेकुरा नखाने, सरसफाईमा ध्यान दिनुर्पे बताए ।

प्रतिक्रिया दिनुहोस्