सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक



काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । 

निर्वाचन यही असोज ५ गते शुक्रबार ११ बजेदेखि शुरु हुँदै छ । यसअघि दुईपटक निर्वाचन प्रक्रिया स्थगित भएका थिए । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीद्वारा जारी विज्ञप्तिका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत भोलि बिहीबार प्रतिनिधिसभाका सम्बन्धित समितिको कुनै सदस्यलाई सभापति पदमा निर्वाचित गरियोस् भनी कुनै अर्को सदस्यले समर्थनसहित प्रस्ताव दर्ता गराउनुपर्ने छ । 

दर्ता गराउने समयसीमा बिहान ११ बजेदेखि ५ बजेसम्म निर्धारण गरिएको छ । यसपछि सचिवालयले दर्ता भएका प्रस्तावको दर्ताक्रमअनुसार सूची प्रकाशन गर्नेछ । 

शुक्रबार बिहान ११ बजेदेखि सम्बन्धित समितिका बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावलाई समर्थन गर्ने र प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको छ । 

सचिवालयले एकभन्दा बढी समितिमा सदस्य रहेका प्रधानमन्त्री, मन्त्रीहरुले आफू कुन समितिको मतदानमा सहभागी हुने लिखित रुपमा सभामुखलाई उपलब्ध गराइदिन अनुरोधसमेत गरेको छ । 

प्रतिनिधिसभाअन्तर्गत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति रहेका छन् । 

यसैगरी महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास र प्रविधि, शिक्षा र स्वास्थ्य र सार्वजनिक लेखासमिति रहेका छन् । यसअघि राष्ट्रियसभाअन्तर्गतका चार वटा विषयगत समितिका सभापति चयन प्रक्रिया सम्पन्न भइसकेका छन् । ती समितिमा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको विरोधमा संघीय राजधानी काठमाडौमा प्रदर्शन

काठमाडौं : सरकारले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय नखोल्न आग्रह गरेको छ

बझाङ : बझाङको मस्टा गाउँपालिकाकी सम्झनाको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ । बाजे

काठमाडौंः कोरोना संक्रमणको कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैं लगत्तै शुरु हुने भएको छ ।

कैलाली– विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटन प्रवद्र्धन हुन थालेको

काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न दार्चुला गएका छन् ।

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभेन पञ्जाबका सामू रोयल च्यालेन्जर बंगलोर

काठमाडौं : देशभर केही दिनयता परिरहेको झरी भोलि शनिबारदेखि कमजोर हुने देखिएको छ। बंगालको खाडीबाट

काठमाडौं : वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक अनियमितता, भ्रष्टाचार र किर्ते गर्ने काम भएको

काठमाडौं– सांसदहरुले कोरोना भाइरसको विषयमा तथ्यगत जानकारी भन्दा भ्रमहरु बढी फैलिएकाले जनतामा आतंक सिर्जना भएको