उद्योग विभागमा एकद्वार प्रणाली एकाइ स्थापना हुँदै



काठमाडौं : सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न एकल बिन्दु सेवा दिने लक्ष्यसाथ एकद्वार प्रणाली छिट्टै सञ्चालनमा ल्याउने भएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभागको परिसरमा एकद्वार प्रणाली सञ्चालनका लागि आवश्यक काम सुरु गरिसकेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडाका अनुसार विभाग परिसरमा स्थापना हुन लागेको त्यस्तो प्रणालीमा १२ वटा एकाइ राखिनेछ । 

सोही एकाइले लगानीका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग एवं लगानीकर्तालाई सहजीकरण गर्नेछ । 

प्रणाली सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थाका लागि सम्बद्ध निकायलाई जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्