नेपालमा रेल कुदाउन चीन आतुर



काठमाडाैंः नेपालमा चिनियाँ रेलको चर्चा चल्छ। चीन पनि चाहन्छ– जतिसक्दो छिटो दुई देश रेलमार्गबाट जोडिऊन्। चिनियाँ विदेश मन्त्रालय एसिया मामिला निर्देशक झाङ झिसिन भन्छन्, ‘हामी नेपालको दक्षिण भेगसम्म रेल लैजान आतुर छौँ।’ यो खबर आजकोे अन्नपूर्ण पोष्ट दैनिकमा लेखेका छन्।

उनले काठमाडौंसम्म रेल पुर्याउन उच्च राजनीतिक तहमा छलफल भएर अध्ययन अघि बढेको जानकारी दिए।‘दुई देशको चाहना मिलेमा रेलमार्गसँग जोड्न समस्या हुँदैन,’ ‘हामी नेपाली जनताले कति फाइदा पाउँछन् भन्नेमा केन्द्रीत छौँ।’ नेपालजस्तो भूपरिवेष्टित मुलुकलाई रेलले जोडेमा एउटा लिंक खुला हुने र विकल्प थप बलियो हुने चिनियाँ पक्षको आँकलन छ।

प्रतिक्रिया दिनुहोस्