एक घन्टाकाे अवधिमा दुई वटा भूकम्प



काठमाडौं– दैलेखमा मंगलबार बिहान करिब १ घन्टाको फरकमा दुई वटा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान १२ बजेर ३१ मिनेटमा ३ दशमलब ९ र १ बजेर ४० मिनेटमा ३ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको हो।

 

भूकम्पको धक्का ४ म्याग्निच्युडभन्दा कम भएपनि छिमेकी जिल्लाहरुमा समेत कम्पन महशुष गरिएको थियो। भूकम्पबाट कुनै क्षति भए/नभएको सम्बन्धमा भने कुनै जानकारी प्राप्त नभएको दैलेख प्रहरीले जनाएको छ।

 

यसअघि पनि दैलेखमा गत असाेज १९ मा २ पटक तथा २० गते एक पटक ४ म्याग्निच्युडभन्दा माथिकाे भूकम्प गएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्