बुटवलमा गाेली चल्दा एक भारतीयकाे मृत्यु



बुटवल : बुटवल उपमहानगरपालिका १ मैना बगरमा बुधबार राति गोली चलेको छ । करिब राति सवा ९ बजे अज्ञात समूहले चलाएको गोली लागी भारतीय मूलका व्यवसायी ४० वर्षीय फिरोज खानको मृत्यु भएको डिएसपी डिलबहादुर मल्लले जानकारी दिएका छन्।

बुटवलको मैनाबगरमा बुधबार राति अज्ञात समूहको गोली लागेर भारतीय नागरिकको मृत्यु भएको छ । मैनाबगर अटो भिलेजमा काम गर्ने भारतीय नागरिक फिरोज खानको उपचारको क्रममा मृत्यु भएको हो । गोली प्रहारबाट घाइते खानलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। 

उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरी अहिले घटनास्थलमा छ । गोली किन र कस्ले चलाएको भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्