नेकपाको केन्द्रीय कार्यालय साँघुराः पार्टीको कार्यक्रम गर्न होटल र पार्टी प्यालेस



काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय साँघुरो हुँदा पार्टीको कार्यक्रम गर्न पार्टी प्यालेसमा हुने गरेको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडा दुवै साँघुरो हुँँदा कार्यक्रम गर्न पार्टी प्यालेस हुने गरेको हो ।

डेढ सय भन्दा बढी नेता र कार्यकर्ता हुने कार्यक्रम अधिकाशं पार्टी प्यालेसमा हुने गरेको छ । नेकपाको केन्द्रीय समितिको बैठक बस्न समेत पार्टी कार्यालयमा ठाउँ छैन् । दुई पार्टी एकीकरण पछि बनेको नेकपाको केन्द्रीय सदस्य ४४१ सदस्यीय रहेको छ ।

पार्टी एकता भएको ११ महिना महिना वितिसक्दा समेत केन्द्रीय समितिको एक पटक पनि बैठक बस्न सकेको छैन् । प्रदेशस्तरीय कार्यक्रम गर्न समेत पार्टी कार्यालयमा ठाउँको अभाव रहेको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा डेढ सय जना भन्दा बढी अटाउने हल नै छैन् ।

कार्यालय परिसर पनि साँघुरो रहेको छ । जसको कारण पार्टी कार्यालयमा हुने कार्यक्रम होटल र पार्टी प्यालेसबाट सञ्चालन हुँदै आएका छन् ।यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्