विप्लवका सैन्य कमाण्डसहित ८८ जना जसपामा प्रवेश



काठमाडौं :नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मध्य केन्द्रीय कमाण्डका तत्कालीन सैन्य कमाण्डर जीवन लामा (जीमी)को नेतृत्वमा ८८ जना नेता तथा कार्यकर्ता आज जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

जसपामा प्रवेश गर्नेहरुमा व्यूरो सदस्यहरु प्रहलाद फुँयाल (जीवन), रौतहट जिल्ला पूर्व सेक्रेटरी गोपाल जिम्बा लगायत ललिपुर, मकवानपुर, काभ्रे, चितवन, रौतहट, बारा, पर्सा, चितवन, काठमाडौं, दोलखा, धादिङ, नुवाकोट र सिन्धुली सहितका जिल्लाबाट ८८ जना विभिन्न तहका नेता तथा कार्यकर्ता रहेका सो पार्टीले जनाएको छ ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले नवप्रेवशीहरुलाई जसपामा प्रवेश गराउँदै शान्तिपूर्ण, सशक्त एवं गतिशील राजनीतिक सक्रियताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्