‘विप्लवको बन्दुक के र कसका लागि ?’



काठमाडौंः  नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक अजेन्डा प्रस्ट नभएको बताएका छन् । 

नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा कुरा गर्दै महासचिव वैद्यले विप्लवको संघर्षको तरिका ठिक नभएको बताए । ‘कुन तालको संघर्ष हो ?,’ उनले प्रश्न गरे, ‘राजनीतिक लाइन, दिशा, संघर्षको स्वरुप केही प्रस्ट छैन ।’  

विप्लवको भूमिगत हुने, बन्दुक उठाउने कुराले आफू दंग परेको उनको भनाई थियो । विप्लवको आफ्नो संघर्ष राज्यसत्ता, पुलिस, सेना कोहिविरुद्ध नभएको भन्दै आएको स्मरण गर्दै उनले प्रश्न गरे, ‘विप्लवको बन्दुक केका लागि, कसका लागि ।

प्रतिक्रिया दिनुहोस्