सामूहिक दर खाएको भोलिपल्ट कोरोना रिपोट पोजेटिभ



काठमाडौं : दर खाने कार्यक्रममा सहभागी भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएका छ ।

तीजको अघि ३० जनाभन्दा बढी महिला सहभागी भएर दर खाने कार्यक्रममा सहभागी भएकी कागेश्वरी मनोहरा ७ सयपत्री टोलकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

ती महिलामा सामान्य ज्वरो र हल्का खोकी लागेपछि भदौ १ गते मूलपानीस्थित स्वास्थ्य केन्द्रमा स्वाब दिएर फर्किएकी थिइन् ।

स्वास्थ्य अवस्था सामान्य रहेकोले स्वाब दिएर आएपछि उनले भदौ ४ गते आफ्नै घरमा धुमधामका साथ तीजको दर खाने कार्यक्रम राखिन् ।

सो कार्यक्रममा ३० भन्दा बढी महिला दल खाने कार्यक्रममा सहभागी भएको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ का वडाध्यक्ष जीवन थापाले जानकारी दिए ।

कागेश्वरी मनोहरा नगरपालिकाको कन्ट्याक्ट ट्रेसिङ टिमका संयोजक झमप्रसाद आचार्यका अनुसार ती महिलाको भदौ ५ गते कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसपछि उनको सम्पर्क खोज्दै जाने क्रममा परिवारका ५ जना पीसीआर परीक्षणको लागि भन्दै मूलपानी स्वास्थ्य केन्द्र पुगेका थिए ।

आचार्यका अनुसार उनको क्लोज कन्ट्याक्टमा झण्डै ३० जना रहेका छन् । उनीहरूलाई सोमबार स्वाब संकलनका लागि बोलाइएको छ ।

प्रकाशित : भदौ ७, २०७७

प्रतिक्रिया दिनुहोस्