सैनिक प्रवक्ता ढकालसहित १२ जनरलहरुको सरुवा



काठमाडाैंः जंगी अड्डाले सैनिक प्रवक्ता यामप्रसाद ढकालसहित १२ जना जनरलहरुको सरुवा गरेको छ। सैनिक प्रवक्ता सहायकरथी (ब्रिगेडियर जनरल) ढकाल पूर्वी पृतना अन्तरगत धनकुटाको हिलेस्थित २ नम्बर बाहिनीको बाहिनीपतिमा सरुवा भएका छन्।

ढकालले गत पुष अन्तिम सातामात्र सैनिक प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। ढकालको ठाउँमा सहायकरथी विज्ञानदेव पाण्डे सैनिक प्रवक्तामा नियुक्त भएका छन्। सैनिक प्रवक्तामा नियुक्त भएका पाण्डे १९ वाहिनीमा कार्यरत थिए।

सरुवा हुने अन्य सहायकरथीहरुमा दामोदर थापा– उपत्यका पृतनामा, रामनाथ ढुंगाना– पोखरा पृतनामा, अर्जुन श्रेष्ठ– राष्ट्रिय निकुन्ज निर्देशनालयमा, हिरालाल जोशी शान्ति सेना निर्देशनालयमा, होमनाथ दवाडी– ५ नम्बर बाहिनीमा सरुवा भएका छन्।

त्यसैगरी सहायकरथी सुशील भण्डारी– १९ बाहिनी, सागर केसी– कल्याणकारी निर्देशनालयको निर्देशकमा, योगराज शर्मा– सम्भाररथीको कार्यालयमा, कुमार लामा– सैनिक गुप्तचर महानिर्देशनालयमा र दीपक बानिया २४ बाहिनीमा सरुवा भएका छन्। प्रधानसेनापति थापाले प्रधानसेनापतिको कार्यालयमा महासेनानी टंक भट्टलाई जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्