काठमाडौं उपत्यकामा बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न पाइने



काठमाडौँ : काठमाडौं, भक्तपुर र ललितपुरमा बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय भएको छ ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले बिहान ९ः१५ बजेसम्म किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न दिने निर्णय गरेको हो ।

दिउँसो नै मानिसहरु तरकारी र खाद्यान्न किन्न भन्दै बाहिर निस्किन थालेपछि यस्तो निर्णय गरिएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्