प्रदेश संगठन कमिटीका प्रदेश सदस्यको शपथ हुँदै



काठमाडाैंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३ नम्बर प्रदेश संगठन कमिटीका प्रदेश सदस्यको शपथ बिहीबार हुँदैछ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले शपथ गराउन लागेको बताइएको छ । 

शपथ ग्रहणमा अध्यक्षद्वयले सम्बोधन पनि गर्ने कार्यक्रम छ । ३ नम्बर प्रदेश संगठन कमिटी २ सय २१ सदस्यीय रहेको छ । प्रदेश इन्चार्ज, सहइनचार्ज, अध्यक्ष र सचिवसहित पूर्वएमालेबाट एक सय १७ र माओवादीबाट एक सय जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्